गृहपृष्ठ ‘आइएमई पे डे एट क्यूएफएक्स’ अफर : ५० रुपैयाँको फ्ल्याट क्यासब्याक
‘आइएमई पे डे एट क्यूएफएक्स’ अफर : ५० रुपैयाँको फ्ल्याट क्यासब्याक
आइएमई पे र क्युएफएक्स सिनेमाजबाीच ‘आइएमई पे डे एट क्यूएफएक्स’ नामक अफरको सम्झौता भएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मूभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नेछन् ।
यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुने जनाइएको छ । अफरका लागि निर्दिष्ट गरिएका शर्तअनुसार प्रयोगकर्ताहरुले एक दिनमा एकपटक मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन् । त्यसपश्चात प्रयोगकर्ताहरुले पुनः अर्को बुधबार मात्र सो अफरको फाइदा उठाउन सक्नेछन् ।
यसका साथै, आगामी दिनहरुका लागि लाइभ भएको टिकटहरु पनि बुधबारका दिन खरिद गर्दा ग्राहकहरुले सो छुट पाउनेछन् । यो अफर क्यूएफएक्स सिनेमाजको ११ वटा हलमा लागू भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित सम्झौता आदान–प्रदान कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने बताए । त्यस्तै, क्यूएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले आइएमई पेसँग आवद्घ भइ यो अफरमार्फत मूभीप्रेमीहरुलाई सहज हुने र अझ बढी ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरिन् ।
प्रकाशित समय : १३:०८ बजे


















