global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा छात्रवृत्ति प्रदान

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा छात्रवृत्ति प्रदान

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा छात्रवृत्ति प्रदान

लुम्बिनी जनरल इन्स्योरेन्सले बिहीबार मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेका विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरेकाे छ ।

१० जना विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक १२ हजारको दरले १ लाख २० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएकाे हाे । कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उक्त छात्रवृत्ति प्रदान गरेको हो ।

उक्त कार्यक्रममा स्व. राणाको जीवनी, उन देशलाई पुर्‍याएको योगदानको चर्चा गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरेका थिए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्व सञ्चालक शंकर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एनपी प्रधानलगायत उपस्थित थिए ।

प्रकाशित समय : १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु