global ime bank Long Banner Ad

गृहपृष्ठ सुनकाे प्रतितोला मूल्य १ लाख ३ हजारमा झर्‍यो

सुनकाे प्रतितोला मूल्य १ लाख ३ हजारमा झर्‍यो

सुनकाे प्रतितोला मूल्य १ लाख ३ हजारमा झर्‍यो

बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनकाे मूल्य तोलामा दुई सय रुपैयाँ घटेको थियाे ।

सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि पाँच रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु