गृहपृष्ठ अखिलकाे अध्यक्षमा चार आकांक्षी
अखिलकाे अध्यक्षमा चार आकांक्षी
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मंगलबारबाट सुरु २३ औं महाधिवेशनमा ४ विद्यार्थी नेताले अध्यक्षमा दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर उद्घाटन गरेको महाधिवेशनमा महासचिवमा ६ र सचिवमा २० जनाको दाबी छ ।
त्यसैगरी, ४ उपाध्यक्षमा १५ जना आकांक्षी छन् । देशभरका क्याम्पस तथा भूगोल कमिटीबाट छानिएर आएका १ हजार ५ सय ८८ प्रतिनिधिले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ । लामिछाने वरिष्ठ उपाध्यक्ष तथा निरौला र विक उपाध्यक्ष हुन् भने बडाल महासचिव हुन् । मुख्य प्रतिस्पर्धा लामिछाने र बडालबीच हुने देखिएको छ ।
उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ । ३ महिला, १ समावेशी र ६ खुला सचिव गरी १० सचिव छनोट हुनेछन् ।
महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।
प्रकाशित समय : १०:१८ बजे



















