global ime bank Long Banner Ad

गृहपृष्ठ भारतसँग नेपालले माग्यो ६८१ मेगावाट विद्युत् निर्यात अनुमति

भारतसँग नेपालले माग्यो ६८१ मेगावाट विद्युत् निर्यात अनुमति

भारतसँग नेपालले माग्यो ६८१ मेगावाट विद्युत् निर्यात अनुमति

नेपालले भारत सरकारसँग थप ६८१ मेगावाट विद्युत् निर्यात अनुमति मागेको छ । नेपाल भ्रमणका अवसरमा भारतीय परराष्ट्र सचिव विनयमोहन क्वात्रासमक्ष नेपाली पक्षले थप विद्युत् निर्यातको अनुमति मागेको हो ।

परराष्ट्रसचिव भरतराज पौडेलको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव क्वात्रासँग नेपालले विद्युत् व्यापारका विषयमा भएको छलफलमा थप विद्युत् निर्यातका लागि अनुमति दिन अनुरोध गरेको हो  ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग विदेश सचिव क्वात्राले गरेको भेटमा नेपाली पक्षले नेपाल–बंगलादेश विद्युत् व्यापारमा भारतीय सहयोगको समेत अनुरोध गरेको छ । गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिबारे समीक्षा र भारतले प्रसारण अनुमति दिएका आयोजनाबारे उक्त अवसरमा चर्चा भएको छ ।

नेपालले वर्षायाममा बढी हुने बिजुली भारतीय बजारमा बिक्री गर्दै आएको छ । हालसम्म भारतले १० आयोजनाबाट ४५२.६ मेगावाट बिजुली भारत निर्यातको अनुमति दिएको छ । क्वात्रासँग नेपाली पक्षले थप ६८१ मेगावाट विद्युत् निर्यातको अनुमति मागेको छ ।

विशेषगरी नेपाली पक्षले भारतीय भूभाग र उसका संरचना प्रयोग गरी बंगलादेशसम्म एक सय मेगावाट विद्युत् निर्यातका लागि पनि अनुरोध गरेको छ । यससम्बन्धी बाँकी विषय यही फागुन ४ र ५ मा आयोजना हुने नेपाल–भारत १० औं सचिवस्तरीय बैठकले टुंग्याउने भारतीय पक्षले बताएको ऊर्जा सचिव दिनेश घिमिरेले जनाए ।

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु