global ime bank Long Banner Ad

गृहपृष्ठ भक्तपुरमा ख्वपको पहिचान महोत्सव

भक्तपुरमा ख्वपको पहिचान महोत्सव

भक्तपुरमा ख्वपको पहिचान महोत्सव

भक्तपुरमा ख्वपको पहिचान महोत्सव भएको छ । भक्तपुर नगरपालिकाले बनाएको स्थानीय पाठ्यक्रम ख्वपको पहिचानमा आधारित रहेर महोत्सव भएको हो । जिल्लाको एभरेष्ट स्कुलले महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा स्कुलमा अध्ययनरत विद्यार्थीले पाठ्यक्रममा आधारित भएर विभिन्न प्रदर्शनीहरु गरेका थिए । उनीहरु शिक्षा, स्वास्थ्य, खेलकुद, कला, संस्कृति, रहनसहन, चाँंडपर्वलगायतका विषयमा प्रदर्शनी गरेका थिए । उनीहरुले गाईजात्राको अवसरमा देखाइने घिन्तान्गिसी (लठी जुधाएर खेलाइने नाच) देखाएका थिए ।

साथै उनीहरुले ताहामचा (गाइजात्रामै मृतकको सम्झनामा बनाइने) पनि बनाएका थिए । उनीहरुले स्थानीय खेलहरु हकंदला (ढुंगाको टुक्राबाट खेलिने एक प्रकारको खेल), पाय (प्रकारको स्थानीय खेल) लगायतको प्रदर्शनी गरेका थिए ।

साथसाथै उनीहरुले विभिन्न नेवारी परिकारहरु पकाएर प्रदर्शन गरेका थिए । उनीहरुले लप्टे भ्वय (पातमा राखेर खाने स्थानीय भोज) को प्रदर्शन गरेका थिए।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुलले नगरपालिकाले तयार पारेको कक्षा १ देखि ८ सम्मकै पाठ्यक्रम लागू गरी अध्यापन गराइरहेको बताए । विद्यार्थीले पाठ्यपुस्तकमा पढाएका कुराहरुलाई व्यवहारिक रुपमा बुझाउन प्रदर्शनीको आयोजना गरेको राजभण्डारीले बताए ।

महोत्सवको उदघाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले गरेकी थिइन् । त्यस अवसरमा उनले देशभरका स्थानीय निकायहरुमध्ये भक्तपुर नगरपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम तयारी गरी अध्यापन सुरु गराएको जनाइन् ।

हाल कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार पारी नगरभरिका विद्यालयहरुमा अध्यायन गराइरहेको उनले जनाइन् । स्थानीय पाठ्यक्रमले स्थानीय जनजीवन बुझन सहज हुने विश्वास उनले व्यक्त गरिन् ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु