गृहपृष्ठ मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेका छन् : अध्यक्ष ओली
मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेका छन् : अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन् । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरे ।
अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाए । ‘हामीले लिएको समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकांक्षा गलत हुन सक्दैन,’ उनले भने ।
अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रुपमा रहेको उल्लेख गरे । उनले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राखे । ‘देश बनाउनुपर्ने कुरा छ । सोझो रेखामा राजनीति जाँदैन । मैले अनेक उतारचढाव देखेको छु । उतारचढाव फेरि पनि आउँछन्,’ उनले भने ।
अध्यक्ष ओलीले अखिललाई अनुशासित, गतिशिल र एकताबद्ध संगठन बनाउन आग्रह गरे । ‘अखिल नेपालको विद्यार्थी आन्दोलनको मूलधार मात्र नभई राजनीतिक भूमिका खेलेको संस्था हो,’ उनले भने ।
प्रकाशित समय : १९:१८ बजे



















