गृहपृष्ठ दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७८ करोडको कारोबार
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७८ करोडको कारोबार
मंगलबारको सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको हो ।
आज कारोबार रकम पनि घटेको छ । आइतबार ३ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार पौने २ अर्ब रुपैयाँमा सीमित भएको छ । आज २५५ कम्पनीको ४६ लाख ८५ हजार कित्ता सेयर १ अर्ब ७८ करोड ७० रुपैयाँमा कारोबार भएको हाे ।
कारोबारमा आएका कम्पनीमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हाे । त्यस्तै, ङादी ग्रुपको ७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेको सूचीमा यूनिलिभर नेपाल रहेको छ । कम्पनीको सेयर मूल्य ६.१२ प्रतिशतले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको छ । त्यस्तै, दोश्रोमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.२३ र नेपाल इन्स्योरेन्सको सेयर मूल्य ४.५७ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी प्रतिशतले गुमाउनेको सूचीमा बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ता रहेका छन् । यो कम्पनीका लगानीकर्ताले ५.०७ प्रतिशतले सेयर मूल्य गुमाएका छन् । जसको अन्तिम कारोबार प्रतिकित्ता ६०९ रुपैयाँमा भएको छ ।
कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । लगानी र लघुवित्त समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतका दरले घटेको छ ।
प्रकाशित समय : १५:३३ बजे



















