गृहपृष्ठ हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि
हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि सुरू हुने भएको छ ।
हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको हो । दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
हिमालयन बैंकले सिभिल बैंकलाई १००:८०.२८ को अनुपातमा प्राप्ति गरेको हो । हिमालयन बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन । अब सिभिल बैंकको १०० कित्ता सेयर हुनेहरूको घटेर ८०.२८ कित्ता हुनेछ ।
डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा र १० र ११ गते सबै सेवा बन्द रहने बताइएकाे छ । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरू बन्द रहने छ ।
प्राप्तिपछि बन्ने बैंकको रजिष्टर्ड कार्यालय हिमालयन बैंकको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं वडा नम्बर २८ कमलादीमा रहने बैंकले जनाएकाे छ । हाल हिमालयन बैंकको चुक्ता पुँजी १४ अर्ब तथा सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड छ । प्राप्तिपछि बन्ने बैंकको चुक्ता पुँजी २२ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित समय : १५:२४ बजे



















