काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

12.14K
shares

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार अब आइएमई पे श्रीयोग डटकमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।

श्रीयोग डटकमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डटकमका दक्ष कामदारहरूले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

यो सम्झौतापछि आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकास हुने दुवै कम्पनीकाे विश्वास छ ।