गृहपृष्ठ इयुद्वारा टर्किमा ३६ उद्धार टोली परिचालन
इयुद्वारा टर्किमा ३६ उद्धार टोली परिचालन

युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित टर्किए, जेनेजमा बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन्। भूकम्पबाट उत्पन्न सङ्कट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले सो कदम चालिएको बताएका छन् ।
टोलीमा करिब १ हजार ५ सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै एक सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको बताइएको छ । इयु सुरक्षा टोलीहरू पनि समन्वयमा सहयोग गर्न खटाइएकोउहाँले बतउँनु भएको छ । सोमबार देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प गएपछि तुर्किएले इयु नागरिक सुरक्षा संयन्त्र सक्रिय बनाएको छ ।
यस किसिमको समूह युरोप र बाहिरका कुनै पनि देशका लागि आवश्यक उद्धारका लागि तयार गरिएको हो। स्थानीय समय अनुसार सोमबार बिहान ४:१७ मा टर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।
टर्कीएको दक्षिणी प्रान्त हाते र सिरियाको उत्तरी शहर एलेप्पोमा सबैभन्दा ठूलो जनधनको क्षति भएको छ । लेबनान, इजरायल र साइप्रसले पनि भूकम्पको धक्का महसुस गरेका छन् । इयुले भूकम्प प्रभावित देशहरूमा राहत र उद्धारको कामलाई तीव्रता दिएको जनाएको छ ।
प्रकाशित समय : १६:२९ बजे