गृहपृष्ठ प्रभु बैंक र स्मार्टच्वाईस टेक्नोलोजिजबीच फास्ट बैंकिङ सेवासम्बन्धी सम्झौता
प्रभु बैंक र स्मार्टच्वाईस टेक्नोलोजिजबीच फास्ट बैंकिङ सेवासम्बन्धी सम्झौता
प्रभु बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच फास्ट बैंकिङ सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा स्माटच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नरायण प्रकाश भुजु र प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात प्रभु बैंकका ग्राहकहरुले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन् ।
यसका साथै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङमै जोड्न सकिनेछ । फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने बैंकले जनाएकाे छ ।
फास्ट बैंकिङ नेपाली बैंकिङमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो ।
प्रकाशित समय : १४:५२ बजे



















