गृहपृष्ठ पहिलो खेलमै नेपाल बंगलादेशससँग पराजित

पहिलो खेलमै नेपाल बंगलादेशससँग पराजित

पहिलो खेलमै नेपाल बंगलादेशससँग पराजित

बंगलादेशमा आज शुक्रबारदेखि सुरु साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।

ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो ।

खेफमा पहिलो आधा घण्टामै तीन गोल भएको थियो । खेलको तेसो मिनेटमै अकलिमा खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।

कप्तान शामसुननाहरले १३ मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । दुई गोलले पछि परेको नेपालले पहिलो हाफमै खेलमा फर्कने प्रयास गर्‍यो । २४ ‌औं मिनेटमा मनमाया दमाईले गोल गर्दै खेल २–१ को स्थितिमा पुर्‍याइन् ।

त्यसपछि नेपाल बराबरी गोल फर्काउने प्रयासमा रहे पनि सफल हुन सकेन । बंगलादेशले एन्जुरी टाईममन तेस्रो गोल गर्‍यो ।

प्रकाशित समय : ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु