गृहपृष्ठ कामना सेवा विकास बैंकका सीईओसहित ४ जना थुनामुक्त

कामना सेवा विकास बैंकका सीईओसहित ४ जना थुनामुक्त

कामना सेवा विकास बैंकका सीईओसहित ४ जना थुनामुक्त

चलनचल्तीको मूल्यभन्दा उच्च धितो राखेर बढी ऋण प्रवाह गरेको आरोेपमा पक्राउ परेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना छुटेका छन् ।

इलाका प्रहरी कार्यालय, दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप गिरीका अनुसार बस्नेतसहित तत्कालीन शाखाका रिस्क प्रमुख वीरेन्द्र सिंह भण्डारी, ऋणि हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई हाजिरी जमानतमा छाडिएको हो ।

कमसल धितोमा कर्जा प्रवाह गरेको आशंकामा सुरुमा कामना सेवा विकास बैंकले अनुसन्धान थालेको थियो ।

हाल पक्राउ परेका सीईओ बस्नेत स्वयम्ले आन्तरिक छानबिन सुरु गराएका थिए । समस्या देखिएपछि कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकलाई खबर गरेको थियो । राष्ट्र बैंकले छानबिनपछि कैफियत देखिएको भन्दै अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई खबर गरेको थियो ।

सीआईबीको सहयोगमा इलाका प्रहरी कार्यालय, दमकले अनुसन्धान अघि बढाएको थियो । छानबिनका क्रममा झापा र मोरङका जग्गाहरुको उच्च मूल्यांकन देखाएर कम्तिमा पनि ८ करोड रुपैयाँ कर्जा अनियमितरुपमा प्रवाह गरेको देखिएको डीएसपी गिरी बताउँछन् । धेरै रकम ऋण दिँदा बैंकको प्रधान कार्यालयबाट पनि स्वीकृति लिनुपर्ने भएकाले सीईओ पनि छानबिनमा तानिएका हुन् ।

डीएसपी गिरीका अनुसार आर्थिक वर्ष ०७६/७७ मा चार जनालाई अनियमितरुपमा यो रकम प्रवाह भएको पाइएको छ । घटनामा संलग्नहरुलाई बैंकिङ कसूर र सरकारी दस्तखत कीर्ते सम्बन्धी कसूरमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दुर्गाराज रेग्मीले बताए ।

प्रकाशित समय : ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु