global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८ पुग्यो

सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८ पुग्यो

सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८ पुग्यो

सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै डोटीका पूर्वीचौकी ४ का २३ वर्षीय र पूर्वीचौकी ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

सुदूरपश्चिमका ७८ जना संक्रमितमध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन् ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु