global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ संकट व्यवस्थापनमा सहयोग गर्न मुख्यमन्त्री शाहीको आग्रह

संकट व्यवस्थापनमा सहयोग गर्न मुख्यमन्त्री शाहीको आग्रह

संकट व्यवस्थापनमा सहयोग गर्न मुख्यमन्त्री शाहीको आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार भएको छलफलमा मुख्यमन्त्री शाहीले रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण बढेको बताउदै सहयोगको लागि दाताहरुलाई आग्रह गरेका हुन् ।

भारतबाट फर्किनेहरुको संख्या ३५ हजार पुगेको बताउदै मुख्यमन्त्री शाहीले क्वारेन्टिन व्यवस्थापन, आईशोलेसन व्यवस्थापन र संक्रमण परीक्षणमा सरकारलाई समस्या परेको जानकारी दिए । उनले कर्णाली प्रदेशबाट झण्डै डेढ लाखको संख्यामा भारत र तेश्रो मुलुकहरुमा रोजगारीको लागि गएको बताउदै अझै पनि १ लाखभन्दा बढी नागरिक कर्णाली फर्कने अनुमान गरिएको बताए ।

‘ठूलो संख्यामा विदेशबाट फर्किएका नागरिकहरुवाट संक्रमण रोक्न निकै चुनौतीपूर्ण छ,’ उनले भने, ‘यो अवस्थामा विकास साझेदार संस्थाहरुको सहयोग आवश्यक छ ।’ शाहीले कर्णाली प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५ सय नमूना मात्र परीक्षण गर्न सकिने बताउँदै प्रयोगशालाको संख्या वृद्धि गर्न आवश्यक रहेको बताए । उनले विकास साझेदार संस्थाहरुलाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टिन र आइसोलेसन व्यवस्था, पिसिआर प्रयोगशालाको स्थापना, परीक्षणका लागि आवश्यक किट र एम्वुलेन्समा सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रकाशित समय : २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु