global ime bank Long Banner Ad

गृहपृष्ठ सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन

सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन

सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारका पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयारीका लागि सो कार्यदल गठन गरेको हो । उक्त कार्यदलले सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्नेछ ।

कार्यदलको सदस्यमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियर क्याम्पसका डा पदमबहादुर शाही, आइटी इन्जिनियर विजय पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष वा प्रतिनिधि र यातायात व्यवस्था विभागका महानिर्देशक सदस्यसचिव रहेका छन् ।

प्रकाशित समय : १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु