गृहपृष्ठ भिभोद्वारा नेपालमा ‘वाई०२’ सार्वजनिक
भिभोद्वारा नेपालमा ‘वाई०२’ सार्वजनिक

भिभोले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्ने कम्पनीले बताएको छ ।
वाई०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीबी र्याम+३२ जीबी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोन १२ हजार ४९९ रुपैयाँ मूल्यमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।
वाई०२ मा ६.५१ इन्चको एजडी+डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । यसको २.५ डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंग-कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ । वाई ०२ स्मार्टफोन युवा उपभोक्ताहरूको व्यस्त जीवनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो जसले उनीहरूको दैनिकीलाई सहज बनाउँछ ।
वाई ०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ । वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ । जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन । यसको विशाल ५००० एमएएच ब्याट्री, २ जीबी+३२ जीबी स्टोरेज लगायतका अद्वितीय क्षमताले वाई०२ लाई ग्राहकहरुको आदर्श साथी बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
शक्तिशाली प्रदर्शन र लामो समय सम्म चल्ने ब्याट्री
भिभो वाई ०२ मिडियाटेक पी २२ द्वारा संचालित छ जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्दछ । यसमा २जीबी र्याम+३२जीबी स्टोरेजका साथै १टीबीसम्म विस्तार गर्न सक्ने क्षमता रहेको छ । यसको ५००० एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कामको लागि पर्याप्त शक्ति प्रदान गर्दछ जहाँ प्रयोगकर्ताहरुले आफूलाई मनपर्ने गित तथा गेमको आनन्द लिन सक्छन् ।
उच्च गुणस्तरका तस्बिरहरूको लागि सुपिरियर क्यामेरा
वाई०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ, जसले प्रयोगकर्ताहरुको क्यामेरा अनुभवलाई सुधार गर्दछ । यसमा फेस ब्यूटी र टाइम-ल्याप्सजस्ता सुविधाहरू छन् जसले दिन-प्रतिदिन प्रयोगकर्ताहरुको शूटिङ अनुभवलाई वृृद्धि गर्दछ । परिणामस्वरुप समग्र फोटोग्राफी अनुभवलाई बढाउँदै उनीहरुले आकर्षक तथा उच्च गुणस्तरको फोटोहरु खिच्न सक्छन् ।
निर्विघ्न अनुभव
नवीनता र गुणस्तरका लागि चिनिने भिभोले प्रयोगकर्ता अनुभवलाई सुधार गर्न वाई०२ मा धेरै नयाँ विशेषताहरू थपेको छ ।
– फेस वेकः भिभोको फेस वेक सुविधाले द्रूत गतिमा फोन अनलक गर्छ ।
– मल्टी टर्बो ५.५ः भिभोको एक्सक्लुसिभ मल्टी टर्बो ५.५ खेलहरूमा ल्याग कम गर्न कोर दृश्यहरूलाई अप्टिमाइज गर्नमा केन्द्रित छ । यो उपकरण मेमोरी र सीपीयूलाई प्राथमिकता दिन (विशेष गरी जब पृष्ठभूमिमा धेरै एपहरू एकैसाथ चलिरहेको बेला) इन्जिनियरिङ गरिएको छ ।
प्रकाशित समय : १३:२७ बजे