global ime bank Long Banner Ad

गृहपृष्ठ दुई सय रूपैयाँ बढ्यो सुनको मूल्य

दुई सय रूपैयाँ बढ्यो सुनको मूल्य

दुई सय रूपैयाँ बढ्यो सुनको मूल्य

साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएकाे छ । चाँदीको मूल्य भने घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबारको छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु