global ime bank Long Banner Ad

गृहपृष्ठ हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्ध नाग्म–गमगढी सडक चालु भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा यातायातका साधन चल्न सकेका थिएनन् । उक्त कार्यालयले १२ गतेदेखि नै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जङ्गी विश्वकर्माले बताए ।

विगत वर्षमा वर्षा याममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिनादिनसम्म अवरुद्घ हुने गरेकामा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले छिटै बाटो सञ्चालनमा आएको हो ।

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु