global ime bank Long Banner Ad

गृहपृष्ठ नागरिकता प्रमाणपत्र लिन रवि लामिछाने आज जिल्ला प्रशासन जाँदै

नागरिकता प्रमाणपत्र लिन रवि लामिछाने आज जिल्ला प्रशासन जाँदै

नागरिकता प्रमाणपत्र लिन रवि लामिछाने आज जिल्ला प्रशासन जाँदै

सर्वाेच्च अदालतकाे फैसलापछि अनागरिक बनेका रवि लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाने भएका छन् ।

बिहान ११ बजे नागरिकताको प्रमाणपत्र लिन रवि प्रशासन कार्यालय जान लागेका उनीनिकट स्रोतले बताएकाे छ । कानुनविज्ञहरूसँग परामर्श गरेपछि लामिछाने नागरिकताको प्रमाणपत्र लिन जान लागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रविले पेस गरेको कागजात हेरेर नागरिकता दिने भएको छ । अदालतले पुनः नागरिकता प्रक्रियाको लागि अमेरिकी नागरिकता त्यागेको निस्सा हुनुपर्ने भनेको छ ।

अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया नचालेको भन्दै सर्वाेच्च अदालतले लामिछानेले प्रयोग गरेको पुरानो नेपाली नागरिकता वैध नहुने ठहर गरेको थियो । योसँगै लामिछाने सांसदसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु