गृहपृष्ठ ‘दायाँबायाँ नसोची फागुन २८ अगावै राष्ट्रपतिको चुनाव गर्नुपर्छ’
‘दायाँबायाँ नसोची फागुन २८ अगावै राष्ट्रपतिको चुनाव गर्नुपर्छ’
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले दायाँबायाँ नसोची फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको चुनावको मिति घोषणा गर्नुपर्ने सुझाव दिएका छन् ।
उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन् । संवैधानिक संस्थाको गरिमाको लागि पनि राष्ट्रपतिको कार्यकाल सकिनुअगावै चुनाव गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘दायाँबायाँ नसोची,नहेरी! निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्र्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको शंसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ,’ उनले ट्विटरमा लेखेका छन्, ‘यसतर्फ आयोगको बेलैमा ध्यान जाओस् ।’
वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आफू माघ २८ गतेभित्र निर्वाचन गराउने तयारीमा लागेको आयोगले जनाएको छ ।
प्रकाशित समय : १०:२४ बजे



















