global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कोरोनाबाट शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका ७६ वर्षीय पुरूषको मृत्यु

कोरोनाबाट शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका ७६ वर्षीय पुरूषको मृत्यु

कोरोनाबाट शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका ७६ वर्षीय पुरूषको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बुधबार थप एकजनाको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत दोलखाका ७६ वर्षीय व्यक्तिको मृत्यु भएको छ ।

दोलखाका ७६ वर्षीय व्यक्तिको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

दोलखा भिमेश्वर नगरपालिका- २, का ७६ वर्षीय वृद्ध लडेर टाउकोमा चोट लागेपछि सुरुमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो । जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रेफर गरेको थियो ।

हेमोरेजिक स्ट्रोक भएपछि उनी जेठ १३ गते काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । शल्यक्रियापछि जेठ १५ गते स्वाब परीक्षणका क्रममा संक्रमण देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा सारिएको थियो ।

प्रकाशित समय : २३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु