global ime bank Long Banner Ad

गृहपृष्ठ कराँते महासंघको तदर्थ समिति गठन

कराँते महासंघको तदर्थ समिति गठन

कराँते महासंघको तदर्थ समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति गठन गरेको छ ।

राखेपले बिहीबार लामाको अध्यक्षतामा २१ सदस्सीय कराँते महासंघको तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको सह-अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्र बिक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह-महासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा श्याम शेर्पा, बलराम मित्र र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।

सदस्यमा राजेन्द्र बराल, देव कुमार लामा, मजेद्र सिंह, ध्रुब बिक्रम मल्ल, निवाश गोपाल बैद्य, नारायण बहादुर मगर, धोजुमान मोक्तान, रवी महर्जन, तारा बहादुर ओली, दुर्गा गौतम परियार, यादव काफ्ले, डोल्मा लामा शाह र किशोर प्रसाद भट्टराई रहेका छन् ।

राखेपले गठन गरेको तदर्थ समितिले बैशाख १२ गतेभित्र विधान मस्यौदा तयार गरेर राखेपको स्वीकृतिमा साधारणसभा र निर्वाचन गर्नु पर्नेछ । राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राष्ट्रिय खेल संघलाई निर्वाचनमा लैजाने तयारी अनुसार राखेपले लामाको नेतृत्वमा कराँते महासंघको तदर्थ समिति गठन गरेको हो ।

प्रकाशित समय : १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु