गृहपृष्ठ माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।
आज अध्यक्ष दाहालकाे प्रतिवेदनमाथि नेताहरुले आ-आफ्नो धारणा राख्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।
प्रकाशित समय : ०९:१२ बजे



















