global ime bank Long Banner Ad

गृहपृष्ठ सुपरमाई हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने

सुपरमाई हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने

सुपरमाई हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने

सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आइपीओ निष्कासन गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता आइपीओ निष्कासन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । त्यस्तै १० हजार कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । बाँकी चार लाख १५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओ खरीदका लागि माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि फागुन ८ गतेसम्म लम्बिने बताइएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । साथै लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपमार्फत पनि आइपीओमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीले ७.८ मेगावाटको सुुपरमाई हाइड्रोपावर आयोजना निर्माण गरेको हो । आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत सुरक्षित रहेको संकेत गर्छ ।

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु