गृहपृष्ठ होन्डाले सार्वजनिक गर्यो दुई नयाँ अफर
होन्डाले सार्वजनिक गर्यो दुई नयाँ अफर
होन्डाले नेपाली बजारको लागि दुई नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘होन्डा ९९ घण्टा अफर’ र ‘होन्डा रु १ अफर’ सार्वजनिक गरेको हो ।
नेपालको लागि दुई पांग्रे होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि हो । कम्पनीले उक्त अफरहरू होन्डाको बाइक साइन र स्कुटर ग्राजियाको लागि सार्वजनिक गरेको हो ।
होन्डा ९९ घण्टा अफरअन्तर्गत ग्राहकहरूले साइनको कुनै पनि स्पेयर पार्टस् अर्डर गरेको ९९ घण्टा भित्रै पाउन सक्नेछन् । यसो नभएको अवस्थामा कम्पनीले ग्राहकहरूबाट उनीहरूले चाहेको रकम लिने बताएको छ । ‘उक्त समयभित्र पार्टस आइपुगेन भने ग्राहकहरूले आफूले चाहेको रकम मात्र तिर्न सक्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
ग्राहक सेवालाई सहज र छिटो बनाउनको लागि उक्त अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ । त्यस्तै कम्पनीको ‘होन्डा रु १ अफर’अन्तर्गत नयाँ ग्राजिया स्कुटर खरिद गर्दा ग्राहकहरूले मात्र रु १ मा तीन वर्षको लागि सर्भिसिङ र स्पेयर पार्टस प्राप्त गर्न सक्नेछन् ।
हाल होन्डा ग्राजियाको सुरुआती बजार मूल्य दुई लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
प्रकाशित समय : १६:३७ बजे