global ime bank Long Banner Ad

गृहपृष्ठ होन्डाले सार्वजनिक गर्‍यो दुई नयाँ अफर

होन्डाले सार्वजनिक गर्‍यो दुई नयाँ अफर

होन्डाले सार्वजनिक गर्‍यो दुई नयाँ अफर

होन्‍डाले नेपाली बजारको लागि दुई नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘होन्डा ९९ घण्टा अफर’ र ‘होन्डा रु १ अफर’ सार्वजनिक गरेको हो ।

नेपालको लागि दुई पांग्रे होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि हो । कम्पनीले उक्त अफरहरू होन्डाको बाइक साइन र स्कुटर ग्राजियाको लागि सार्वजनिक गरेको हो ।

होन्डा ९९ घण्टा अफरअन्तर्गत ग्राहकहरूले साइनको कुनै पनि स्पेयर पार्टस् अर्डर गरेको ९९ घण्टा भित्रै पाउन सक्नेछन् । यसो नभएको अवस्थामा कम्पनीले ग्राहकहरूबाट उनीहरूले चाहेको रकम लिने बताएको छ । ‘उक्त समयभित्र पार्टस आइपुगेन भने ग्राहकहरूले आफूले चाहेको रकम मात्र तिर्न सक्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

ग्राहक सेवालाई सहज र छिटो बनाउनको लागि उक्त अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ । त्यस्तै कम्पनीको ‘होन्डा रु १ अफर’अन्तर्गत नयाँ ग्राजिया स्कुटर खरिद गर्दा ग्राहकहरूले मात्र रु १ मा तीन वर्षको लागि सर्भिसिङ र स्पेयर पार्टस प्राप्त गर्न सक्नेछन् ।

हाल होन्डा ग्राजियाको सुरुआती बजार मूल्य दुई लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु