global ime bank Long Banner Ad

गृहपृष्ठ उपसभामुख चयनका लागि प्रतिनिधिसभाकाे बैठक सुरु

उपसभामुख चयनका लागि प्रतिनिधिसभाकाे बैठक सुरु

उपसभामुख चयनका लागि प्रतिनिधिसभाकाे बैठक सुरु

प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन छन् । यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला छन् ।

बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ-आफना पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नेछन् । दलीयरुपमा संसदमा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्ने कार्यसूची छ ।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु