गृहपृष्ठ गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा सबैभन्दा पुरानो दौत्यसम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको सचिवालयको भनाइ छ ।

प्रकाशित समय : ०६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु