global ime bank Long Banner Ad

गृहपृष्ठ तेह्रथुममा पनि देखियो कोरोना संक्रमण

तेह्रथुममा पनि देखियो कोरोना संक्रमण

तेह्रथुममा पनि देखियो कोरोना संक्रमण

आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए ।

उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते स्वाब सङ्कलन गरी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । अन्यको टिपोर्ट आउन बाँकी रहेको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । कोरोना पोजेटिभ देखिएकी युवती गत जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन् । उनी छ महिनाको गर्भवती रहेको प्रशासनले जनाएको छ ।

अर्का संक्रमित सशस्त्र प्रहरी जवान भने गत दुई महिनादेखि क्याम्पमै रहेको प्रजिअ न्यौपानले जानकारी दिए । संक्रमित दुवै जनालाई अहिले आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिएको छ । दुवैलाई बिहीबार धरानस्थित कोरोना अस्पतालमा उपचारका लागि पठाइने प्रशासनले जनाएको छ । पहिलोपटक कोरोना भाइरस सङ्क्रमित देखिएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा अपनाइएको प्रजिअ न्यौपानेले बताए ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु