गृहपृष्ठ गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ पुग्यो
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ पुग्यो
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । बिहीबार बिहान स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तिमा थप १६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेपछि संक्रमितको संख्या ५४ पुगेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणअनुसार बाग्लुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १, पर्वतमा ४ जना गरी १६ जनामा कोरोना देखिएको हो । संक्रमितमध्ये एक महिला र १५ जना पुरुष रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा निर्देशक डा. विनो विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित समय : १५:३५ बजे


















