गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १० रूपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:५० बजे



















