गृहपृष्ठ सनराइज क्यापिटलको कार्यकाल ३ दशक पूरा, विभिन्न सेवामा छुट
सनराइज क्यापिटलको कार्यकाल ३ दशक पूरा, विभिन्न सेवामा छुट
नेपालको पहिलो मर्चेन्ट बैंक सनराइज क्यापिटल ३० वर्ष पुरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ । ३ दशक लामो इतिहास बोकेको क्यापिटल माघ १ गतेदेखि ३० वर्ष पूरा गरेको हो ।
नेपालको मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले पहिलो कम्पनीका रुपमा २०४९ साल माघ १ गते सञ्चालनमा आएको थियो । एनआइडीसी क्यापिटल मार्केट्सको नामबाट सञ्चालनमा आएको थियो । २०६७ सालमा एनआइडीसी क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसीएम मर्चेण्ट बैंकिङको नाममा दर्ता कायम भई बैंकिङ कारोबार गर्दै आएको छ ।
सनराइज बैंकले २०७३ माघ २८ मा प्राप्ति गरेपश्चात् सनराइज क्यापिटलको नामबाट सेवा दिँदै आएको छ । नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्याउँदै मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएकोमा आज ३० वर्ष पूरा गरेको हो ।
सनराइज क्यापिटलले विभिन्न सेवामा छुटका योजनाहरु ल्याएको छ :
निःशुल्क डिम्याट खाता ३० दिनका लागि
निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि
लगानी व्यवस्थापन सेवाको Entry Load शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट
३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि Entry Load ३० दिनका लागि निःशुल्क
Custodial service को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
पहिलो ३० जना ग्राहकलाई निःशुल्क Custodial service/Portfolio counseling
संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
नेपालमा पहिलो सामूहिक लगानी कोषको सुरुवात गरेको इतिहासलाई कायम राख्दै कम्पनीले हाल २ वटा म्युचुअल फण्ड ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ र ‘सनराइज ब्लूचिप फण्ड’को व्यवस्थापन गर्दै आइरहेको छ ।
नयाँ म्युचुअल फण्ड ‘सनराइज फोकष्ड इक्विटी फण्ड’ निष्काशनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ कारोबारअन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्काशन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभूति, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आइरहेको छ ।
प्रकाशित समय : १२:५४ बजे



















