काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पीएसजीकाे जितमा मेस्सीकाे गाेल

10.71K
shares

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २-० गोल अन्तरले हराएको हो । पीएसजीको जितमा हुगो एकिटिके र लियोनल मेस्सीले एक/एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७२ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

जितसँगै पीएसजीले १८ खेलमा ४७ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ । एन्जर्स ८ अंक जोडेर पुछारमा रहेको छ ।