nmb bank

गृहपृष्ठ एनभीए क्लब भलिबल च्याम्पियनसिप : आज ६ खेल हुँदै

एनभीए क्लब भलिबल च्याम्पियनसिप : आज ६ खेल हुँदै

एनभीए क्लब भलिबल च्याम्पियनसिप : आज ६ खेल हुँदै

सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत आज सोमबार ६ खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा सोमबार महिलातर्फ दुई र पुरुषतर्फ चार खेलहरु हुनेछन् । सुरुआती दुई खेलमा महिलातर्फ नयाँबजार सामाजिक युवा क्लब र न्यु डायमण्ड एकेडेमीबीच खेल हुनेछ । महिलातर्फको दोस्रो खेलमा एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबको बीचमा हुनेछ ।

पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपाल र बुढानिलकण्ठ भलिबल क्लबबीच खेल हुनेछ । पुरुषतर्फको दोस्रो खेलमा केशबलाल मेमोरियल भलिबल क्लब र मधेश प्रदेशबीच खेल हुनेछ । पुरुषतर्फको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुषतर्फको चौंथो तथा दिनको अन्तिम खेलमा एपीएफ क्लब र जावलाखेल भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित समय : ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु