गृहपृष्ठ छैटौँ कटारी गोल्डकपः आज उपाधिका लागि झापा र नाइजेरियाबीच प्रतिस्पर्धा हुँदै
छैटौँ कटारी गोल्डकपः आज उपाधिका लागि झापा र नाइजेरियाबीच प्रतिस्पर्धा हुँदै
कटारी । जिल्लाको कटारीमा जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप ‘नकाउट फुटबल प्रतियोगिता’ अन्तर्गत आज पाहुना टोली नाइजेरिया क्लब, जष्ट जोन र चात्यासा फुटबल क्लब, झापाबीच प्रतिस्पर्धा हुँदैछ ।
बिहीबार सम्पन्न सेमिफाइनलमा टाइपब्रेकरमा साविक उपविजेता शहलेस फुटबल क्लब, सिरहालाई ४-३ गोल अन्तरले पराजित गर्दै जोन फाइनलमा प्रवेश गरेको थियो । झापाले बुधबार भएको सेमिफाइनल खेलमा आयोजक कटारी-११ लाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
कटारीस्थित टाइगर खेल मैदानमा कटारी नगर खेलकुद विकास समितिको आयोजनामा गत चैत्र २८ गतेदेखि सुरू भएको प्रतियोगिता जारी छ । प्रतियोगिताको विजेताले पाँच लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले तीन लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले प्रतिविधा १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने समितिका अध्यक्ष दिपक राईले जानकारी दिए । प्रतियोगितामा आमन्त्रित नाइजेरियाको जष्ट जोन, भारतको रिभर दि स्पोर्टिङ्ग सिक्किम र नेपालका छ समूह सहभागी भएका छन् ।
प्रकाशित समय : १५:०२ बजे



















