global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोना संक्रमणबाट दोलखाका ७६ वर्षीय पुरूषको मृत्यु, मृतकको संख्या ९ पुग्यो

कोरोना संक्रमणबाट दोलखाका ७६ वर्षीय पुरूषको मृत्यु, मृतकको संख्या ९ पुग्यो

कोरोना संक्रमणबाट दोलखाका ७६ वर्षीय पुरूषको मृत्यु, मृतकको संख्या ९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । दोलखाका एक पुरूषको मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाको भीमेश्वर नगरपालिका-२ का ७६ वर्षीय बृद्ध पूर्व भारतीय सैनिक हुन् र मधुमेहका विरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ १२ गते दोलखा अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले ब्रेन ह्यामरेजको आशंका गरे, तर सीटी स्क्यानलगायतका सुविधा नभएकाले काठमाडौं रिफर गरियो । १३ गते काठमाडौं मेडिकल कलेज भर्ना भएका उनको अपरेसन गरिएको थियो । १५ गते उनको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिजल्ट पोजेटिभ आयो ।

त्यसपछि उनलाई लेभल थ्रीको त्रिवि शिक्षण अस्पतालको कोरोना विशेष अस्पतालको आईसीयूमा लगिएको थियो । र, उनको उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु