global ime bank Long Banner Ad

गृहपृष्ठ सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदा रहेका छन् ।

बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए ।

खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु