गृहपृष्ठ दैलेखमा एकै दिनमा १०५ जनामा कोरोना संक्रमण पुष्टि
दैलेखमा एकै दिनमा १०५ जनामा कोरोना संक्रमण पुष्टि
दैलेख एकै दिन थप १०५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणअनुसार दैलेखमा १०५ र मुगुमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरुमा कोरोना पुष्टि भएको हो । योसँगै दैलेख जिल्लामा कोरोना संक्रमितको संख्या २१० पुगेको छ भने प्रदेशभर ३८४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित समय : २१:३९ बजे


















