global ime bank Long Banner Ad

गृहपृष्ठ सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा सुरू

सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा सुरू

सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा सुरू

सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूकाे बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका विषयमा पनि छलफल हुने बताइएकाे छ । यसैगरी बैठकमा २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लिने विश्वासको मतको विषयमा छलफल हुनेछ । यसका साथै मन्त्रिपरिषद् विस्तारदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँटका विषय पनि बैठकको छलफलको एजेण्डा रहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु