global ime bank Long Banner Ad

गृहपृष्ठ चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन (पूर्णपाठ)

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन (पूर्णपाठ)

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

बुधबार भर्चुअल माध्यममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो । चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवासायीहरु आन्दोलित भएका बेला राष्ट्र बैंकले विशेषगरी पाँचवटा बुँदामा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भट्टले जानकारी दिए ।

‘संशोधित कर्जा मार्गदर्शनअनुसार अब सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्नेछन् । संशोधित मार्गदर्शन दुई करोडभन्दा माथिका कर्जाको हकमा लागू हुनेछ,’ उनले भने ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका थिए । त्यसप्छि राष्ट्र बैंकले उक्त चालु पुँजीसम्बन्धी व्यवस्था संशोधन गरेको हो ।

पूर्णपाठ :

प्रकाशित समय : १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु