global ime bank Long Banner Ad

गृहपृष्ठ लकडाउनमा पसल खोलेको भन्दै प्रहरीबाट कुटपिट

लकडाउनमा पसल खोलेको भन्दै प्रहरीबाट कुटपिट

लकडाउनमा पसल खोलेको भन्दै प्रहरीबाट कुटपिट

जनकपुरको जानकी चोकमा रहेको गिता गिफ्ट हाउसका सञ्चालक ३६ वर्षीय श्याम र उनका बुवा ५५ वर्षीय झगरु चौधरी प्रहरीबाट कुटिएका छन् । बिहीबार दिउँसो प्रहरीले आफूहरुलाई कुटेको पीडितको आरोप छ ।

लकडाउनको बेला पसल खोलेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरीले लाठी र लात्ताले कुटपिट गरेको श्याम चौधरीले बताए । उनीहरु दुवैको शरीरमा नीलडाम रहेको छ । श्यामलाई प्रहरीले केही समय नियन्त्रणमा समेत लिएका थियो । पछि स्थानीय व्यापारी र व्यवसायीहरुको समन्वयमा उनलाई छाडिएको छ ।

अमानवीय तरिकाले प्रहरीद्वारा कुटपिट भएको घटनाप्रति जनकपुरधाम उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । विज्ञप्ति जारी गर्दै संघले व्यापारीलाई निर्घात रुपमा कुटपिट गर्ने प्रहरीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

प्रकाशित समय : २२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु