global ime bank Long Banner Ad

गृहपृष्ठ एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

पछिल्लो २४ घण्टाभित्र नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्मकै बढी हो । योसँगै कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको  बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिए ।

प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

थप १२ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । हालसम्म ९ जना संक्रमितको मृत्यु भएको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ ।

थपिएका नयाँ संक्रमित :

मोरङका १ जना
पर्साका १ जना
झापाका ३ जना
ताप्लेजुङका १ जना
मोरङ १ जना
सप्तरीका १३ जना
बाराका ७ जना
सिन्धुली १ जना
रौतहटका १ जना
बागलुङ १० जना
म्याग्दीका १ जना
पर्वतका ४ जना
स्याङ्जा १ जना
डोटीका ३ जना
बाँकेका ४२ जना
कपिलबस्तुका १७
दाङका १५ जना
मुगु १ जना
दैलेखका १ सय ५ जना
झापाका २ जना
खोटाङका ३ जना
दैलेखका ८ जना
बाराका ५ जना
धनुषा ६ जना
कपिलबस्तुका १२ जना
महोत्तरीमा ३ जना
रौतहटका ६४ जना
सर्लाहीका ३ जना

प्रकाशित समय : २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु