गृहपृष्ठ सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत : ईसीबी
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत : ईसीबी
यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंक ( ईसीबी)का प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।
कोरोनाभाइरस महामारीको आर्थिक प्रभावलाई ध्यानमा राख्दै गरिएको ताजा पूर्वानुमानमा उनले यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत कायम रहने बताएका हुन् । सन् २०२१ मा मूल्य वृद्धि ०.८ प्रतिशतले हुने र सन् २०२२ मा १.३ प्रतिशत पुग्ने प्रक्षेपण ईसीबीले गरेको छ ।
ईसीबीले यस पहिले (कोभिड- १९ को महामारीपूर्व) सन् २०२२ का लागि २.० प्रतिशतको लक्ष्य निर्धारण गरेको थियो । बिहीबारको प्रक्षेपण मार्चमा गरिएको प्रक्षेपणको तुलनामा निकै कम हो ।
मार्चमा ईसीबीले यस वर्षका लागि १.१, सन् २०२१ का लागि १.४ र सन् २०२२ का लागि १.६ प्रतिशत मुद्रास्फीति हुने अनुमान सार्वजनिक गरेको थियो । ‘आर्थिक वर्षको मध्यम अवधिमा कमजोर मागका कारण मुद्रास्फीतिमा गिरावट आउनेछ,’ लगार्डले भने ।
प्रकाशित समय : ०३:५२ बजे



















