सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुरलाई डिजिटलाइज बनाउँदै
वि.सं.२०७९ पुस ११ सोमवार १५:५०
shares

पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकको सक्रियताका कारण डिजिटल अभियान साकार हुँदै गएको हो ।
पछिल्लो समयमा सिभिल बैंकले विभिन्न सहर तथा व्यवसायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ । बैकले फोनपेसँगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाइज गरेको छ । अबदेखि ति टेम्पोहरूमा यात्रा गर्दा सहजै फोनपे क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । यो अभियान पनि राष्ट्र बैंकका गभर्नर अधिकारीको प्रमुख आथित्यमा भएको थियो । यो अभियान एक वर्षअगाडि नै गभर्नर अधिकारीको नेतृत्वमा सुरू भएको थियो ।
यस्तै सिभिल बैंकको सक्रियतामै गत महिना सुदुरपश्चिम प्रदेशका धनगढी लगायतका विभिन्न चार स्थानमा चल्ने रिक्साहरूलाई डिजिटलाइज गरिएको थियो । ती स्थानहरूमा समेत अबदेखि नगद बोक्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । यसैगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रमा चल्ने अटोरिक्सालाई पनि डिजिटलाइज गरिएको छ ।
यस्तै सिभिल बैंकले मधेस प्रदेशको जनकपुरमा रहेका रिक्सा, चिया पसल र विभिन्न फलफूल पसलहरुलाई डिजिटलाइज गरिसकेको छ । अबदेखि जनकपुर बजारमा समेत नगद बोक्ने झञ्झटबाट मुक्ति मिलेको छ । विभिन्न सहर तथा व्यवसायलाई डिजिटलाइज गर्ने अभियानको उद्घाटन गर्दै गभर्नर अधिकारीले फोनपे र सिभिल बैंकको सक्रियताको प्रशंसा गरे ।


























