nmb bank

गृहपृष्ठ बालुवाटार छाड्दै देउवा

बालुवाटार छाड्दै देउवा

बालुवाटार छाड्दै देउवा

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास फर्किने भएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट स्रोतले बतायो ।

देउवा बुढानीलकण्ठ फर्किने भएपछि उनको निजी निवास सरसफाइ र मर्मतको काम भइरहेको छ ।

प्रकाशित समय : १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु