काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गण्डकीमा एमालेले खगराजलाई बनायो संसदीय दलको नेता

9.6K
shares

गण्डकीमा नेकपा एमालेबाट संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आइतबार भएको सांसदको भेलाले अधिकारीलाई सर्बसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

योसँगै उनी गण्डकीको मुख्यमन्त्रीको दावेदारसमेत बनेका छन् । यसअघि कांग्रेस गठबन्धनमा रहेको माओवादी एमालेतिर मिलेसँगै गण्डकीमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको हो ।

यहाँ एमालेको २२ र माओवादीको ८ सीट छ । २ सीट रहेको राप्रपा पनि सरकारमा जाने भएपछि ३२ सीटसहित तीन पार्टीको सरकार गण्डकीमा बन्ने भएको छ । यद्यपी माओवादीले पनि गण्डकीको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।