काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

केएफसीको १५औं शाखा काठमाडाैं मलमा

4.2K
shares

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ । नयाँ शाखा सञ्चानलसँगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन मिललगायतका नयाँ अफरसमेत ल्याएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडाैं मल)मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रालिले नेपालकै पहिलो केएफसी फ्ल्यागशिप स्टोर सञ्चालनमा ल्याएको हो ।

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ। यस आउटलेटमा केएफसीका विभिन्न चिकेनको परिकार जस्तै हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्सलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।

यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनी गरी द्रुत सेवासमेत लिन सकिनेछ । हरेक ग्राहकले कस्टुमर डिस्प्ले स्क्रिनबाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ गर्न सक्नेछन् । २३४० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकले सेवा लिन सक्नेछन् ।

रेष्टुरेन्टले हाल बिहान ९:०० बजेबाट रातको ९:०० बजेसम्म डाइन-इन र टेक अवेमार्फत सेवा दिइरहेको छ । साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवामार्फत घरै बसेर विश्वस्तरीय परिकारको मज्जा लिन सकिनेछ ।