गृहपृष्ठ एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट
एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट
विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्यूआर)ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।
यस छुट अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ३०० रूपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन् । यो योजना पुस २० गतेसम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले ९०० रूपैयाँसम्म छुट लिन सक्नेछन् ।
स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)को सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत एक्सप्रेस सुपरमार्केटको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआइसी एशिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १२:४७ बजे



















