काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजक ‘खुकुरी रम’

10.98K
shares

‘१०औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरूको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरू हुने कार्यक्रमहरूको प्रायोजन खुकुरी रमले गर्ने भएको हो ।

फेस्टिभलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औं स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुँदैछ । योञ्जनका गीतहरूको सँगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिने आयोजकले जनाएकाे छ । स्व. योञ्जनले पोखरामै लामो समयसम्म लोक संगीतको अनुसन्धान र लेखनमा बिताएका थिए ।

लिटरेचर फेस्टिभलमा यसबाहेक लोक-ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुति दिनेछन् । पुस ११ गतेसम्म चल्ने शब्दहरूको उत्सवमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श हुनेछन् ।

‘खुकुरी रम’ संगठित क्षेत्रमा स्थापना भएको देशकै पहिलो मदिरा उद्योग ‘दि नेपाल डिस्टिलरिज’ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ । कम्पनीका इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले कला, साहित्य र संगीत प्रेमीहरूको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा आफूहरूलाई गौरव महसुस भएको बताइन् । उनले भनिन् ‘लामो समयदेखि ग्राहकको मनमा बस्न सफल ‘खुकुरी रम’ उत्पादन गर्दा हामीले मौलिकतालाई विशेष जोड दिने गरेका छौं । यही कारण नेपाली मौलिकपनले ओतप्रोत लिटरेचर फेस्टिभलजस्ता कार्यक्रम हाम्रो रोजाइमा पर्ने गर्छन् ।’

फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरूको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभल अन्तर्गतका सांगीतिक कार्यक्रमहरूसँग जोड्न पाउँदा आफूहरूलाई पनि खुशी लागेको बताए ।

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह-प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरू पनि सहभागी हुनेछन् ।